Health TV Online
Health TV Online
Health TV Online

ललितपुर महानगरमा पनि केही दिन फोहोर नउठ्ने

ललितपुर महानगरमा पनि केही दिन फोहोर नउठ्ने

हेल्थ टिभी अनलाइन \ललितपुर : ललितपुर महानगरपालिकामा पनि केही दिन फोहोर नउठ्ने भएको छ ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि घरको फोहोर आफ्नो घर कम्पाउण्डमा नै राख्न र बाहिर ननिकाल्न आग्रह गरेका छन्।
एक सूचना जारी गर्दै उनले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कुहिने र नकुहिने छुट्याएर घरमै व्यवस्थापन गर्न उनले अनुरोध गरेका हुन् ।

केही दिनदेखि लगातार रुपमा पानी परिरहेकाले फोहोर बिसर्जन गर्ने स्थलसम्म जान बाटो अवरुद्ध भएकाले हाललाई फोहोर नउठ्ने बताइएको छ । काठमाडौंमा धेरै दिनसम्म फोहोर नउठ्दा पनि ललितपुरमा भने अस्थायी केन्द्र बनाएर फोहोर उठाइरहेकोमा त्यो स्थान पनि भरिएकाले अब भने ल्यान्ड फिल्ड साइट जाने नखुलेसम्म फोहोर जम्मा गर्न नसकिने सूचनामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार