थप २०६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ११७ जनाको नमुना परीक्षण गरेकोमा २ हजार ६५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ । यहीवीच गत २४ घण्टामा २३ सय ३७ जना संक्रमित निको भएका छन्।
हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ६२२ जना आइसीयूमा र १७१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण