भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा धेरै दिनपछि गएराती दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बाँकेका हुन भने अर्का दाङका स्थायी बासिनदा हुन् ।
यसरी मृत्यु हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ३ का ४३ वर्षीय पुरुष र राप्ती गाउँपालिका ३ दाङका ८४ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनीहरु दुबै जनाको अस्पतालको आइसीयूमा उपचारमा भइरहेको थियो । उनीहरुका आधा घण्टाको फरकमा मृत्यु भएको पनि अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ९७ पुगेको छ





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण