थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ८१० जनाको नमुना परीक्षण गर्दा २५ सय २५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ५६८ जना पुगेको छ ।
उता यहीवीच २ हजार ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित