काठमाडौंमा निषेधाज्ञा भदौ १६ गतेसम्म थप
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लाग्दै आएको निषेधाज्ञा फेरि एक साता थप गरिएको छ । अब भदौ १६ गते रातीसम्म निषेधाज्ञा रहनेछ ।
आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अहिले भइरहेको निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । यसैगरी यसभन्दा अघिको बैठकको निर्णयले राती ८ बजेपछि सवारीसाधन चलाउन निषेध गरेकोमा यसपटक थप गरिएको निषेधाज्ञामा सो नियम हटाइएको छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको समय आज राती सकिँदै थियो। सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । यसपटक पनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।
विवाह, व्रतबन्ध, सभा सम्मेलनको हकमा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी बढीमा २५ जना सम्म सरिक हुन पाइने छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित