अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अफगानिस्तानबाट नेपाल आएका सबै नेपालीलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफगानिस्तान पोलियो जोखिम क्षेत्र भएकाले त्यहाँबाट आउने सबैलाई पोलियो थोपा खुवाउने निर्णय गरेको हो ।
नेपाल पोलियोमुक्त देश भइसकेकाले अफगानिस्तानबाट आउनेबाट यो रोग नेपाल भित्रिन सक्ने भन्दै पोलियो थोपा खुवाउने निर्णय गरेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य शाखा प्रमुख डा झलक शर्माले अफगानिस्तानबाट आएका नेपालीलाई पोलियो थोपा खुवाउन आजैबाट शुरु गरिएको र आज त्रिभुवन विमानस्थलमा १०८ जनालाई पोलियो थोपा खुवाइएको जनाएका छन्। उनले यसअघि अफगानिस्तानबाट आएका ५०४ जनालाई पनि अनिवार्य आफनो नजिकको स्वास्थ्य संस्थामा गएर पोलियो खोपा लिन आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसका आधारमा अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो।
फोटो : डा झलक शर्मा गौतमको फेसबुकबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित