पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना संक्रमण, २२४८ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा थप १९ सय २० जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५०९ पुगेको छ ।
उता यहीवीच २२ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित