बीएण्डसी अस्पतालले विद्यालय भवन निर्माणका लागि गर्यो ५ करोड सहयोग
हेल्थ टिभी अनलाइन \झापा : झापास्थित बीएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत झापाकै २ विद्यालय भवन निर्माणका लागि ५ करोड रुपैयाँ सहयोग गरेको छ । दुबै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक कार्यक्रमकावीच उक्त विद्यालयलाई ५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।
प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेको प्रसाईले आफूले झापाको अर्जुनधारा १ सिस्नेमा रहेको सिंहदेवी माध्यमिक विद्यालय र बिर्तामोडको मोहनमाया माध्यमिक विद्यालयलाई गरी ५ करोड रुपैयाँ सहयोग गरेको जनाए । उनले शुक्रबार सिंहदेवी माध्यमिक विद्यालयको भवन शिलान्यास समेत गरे भने मोहनमाया माध्यमिक विद्यालयको बनिरहेको भवन निरीक्षण गर्दै सो भवन आगामी सरस्वती पूजाका दिन हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।
प्रसाईले आफूले कमाएको सम्पत्तिबाट आफूले सबैका लागि आवश्यक पर्ने र त्यही क्षेत्रका नेताले समेत वेवास्ता गरेका विद्यालयको जीर्ण अवस्था देखेर समाजप्रतिको उत्तरदायित्व वहन गरेको बताए । उनले भने, ‘मलाई धेरैले माफिया भन्ने आरोप लगाउँछन् मलाई यसले खासै फरक पर्दैन मलाई आफूले मात्र खाएर हुँदैन सबैलाई खुवाउने प्रयास गर्नु ठूलो हो भन्ने लाग्छ । त्यसैले आफूले पढ्न नसके पनि पढ्न खोज्नेका लागि सहज होस भनेर विद्यालयलाई सहयोग गरेको हुँ । यसरी समाज सेवा गर्नु, सहयोग गर्नु माफिया हो भने हो म माफिया नै हुँ उनले थपे ।
उनले आफूलाई सरस्वतीले ठगेकाले आफूले पढ्न नसकेको भए पनि सरस्वती बस्ने विद्यालय निर्माण गर्न सकेकोमा आत्मसन्तुष्टी मिलेको समेत जिकीर गरे । उनले सिंहदेवी माध्यमिक विद्यालयको भवन जिर्ण भएकाले विद्यालयहरु पानी चुहिने कक्षाकोठामा बस्न बाध्य भएको थाहा पाएपछि सो सहयोग गर्ने इच्छा देखाएको र यसको ६ महिनाभित्र भवन निर्माण गरिदिने जनाए ।
यसैगरी अर्को विद्यालय विशेष गरी सुस्त मनस्थितीका विद्यार्थाी पढ्ने भएको र उनीहरुलाई कक्षाकोठा नपुगेकाले उनीहरुको लागि पनि केही होस भनेर १२ वटा कोठा निर्माणका लागि सहयोग गरेको जनाए । प्रसाईले अन्य दुई विद्यालयलाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताएका छन्। उनले गरेको यो सहयोगका वारेमा मोहनमाया विद्यालयका प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले प्रसाईको यो सहयोगले सुस्त मनस्थिती भएका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता अनुसारको वातावरण बनाइदिन सकिने भन्दै प्रसाईले गरेको सहयोगको खुलेर प्रशंसा गरे । उनले भने, ‘सबैको धन भएर पनि मन ठूलो हुँदैन तर उहाँको मन पनि ठूलो छ ।’ उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको जनाए ।
यसैगरी प्रसाईले झापाकै खुदुनाबारीका अति विपन्न ६७ परिवारको स्वास्थ्य वीमा गरिदिएका छन्। दैनिक ज्यालादारी काम गरेर खाने मजदुरको परिवारको उनले स्वास्थ्य वीमा गर्दै प्रिमियम आफूले तिरिदिने र त्यस वापतको एक लाख सम्मको स्वास्थ्य सेवा बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालमा नि: शुल्क दिने जनाएका छन्। बिहान साँझ खान नै नपुग्ने परिवारले उपचार खर्च जुटाउन नसक्दा ज्यान गुमाउन बाध्य भइरहेको भन्दै उनीहरुको पनि स्वास्थ्य सेवामा पहुँच पुराउनका लागि आफूले यो सहयोग गरेको उनले जनाएका छन् ।

स्वास्थ्य वीमा पाएका सर्वसाधारणले आफूहरुलाई अहिलेसम्म कसैले पनि सहयोग गर्न नआएको र अहिले उपचारका लागि आफना लागि प्रसाईले गरेको सहयोगको आभारी भएको प्रतिक्रिया दिएका थिए । यसका साथै प्रसाईले थप एक हजार जना विपन्न नागरिकको आफूले निशुल्क स्वास्थ्य वीमा गरिदिने घोषणा गरेका छन्।
प्रसाईले आफूले यो वर्षमा अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका लागि १० करोड रुपैयाँ छुट्याएको जनाए । बीएण्डसी अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगहरु गर्दै आएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित