Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा कोभिड नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा कोभिड नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना महामारी नियन्त्रण र व्यवस्थापन गर्नका लागि भन्दै उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र सहउपाध्यक्षमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह छन्।

सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेल र  ट्रमा सेन्टरका डा रुद्र मरासिनी रहेका छन्।

समितिको सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी रहेका छन्।

उक्त समितिले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि  सिमानामा हेल्थ डेस्क स्थापना, आइसोलेसन सेन्टर, खोप अभियान सञ्चालन लगायतका विषयमा प्रदेश तथा स्थानीय निकायसँग समन्वय गर्ने र उक्त कार्यलाई सहजीकरण गर्ने सम्मको काम गर्ने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार