एक जनामा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्डमा ३ दिनको लकडाउन घोषणा
हेल्थ टिभी अनलाइन : न्युजिल्याण्डमा एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँको सरकारले तीन दिनको लकडाउन जारी गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अघि रहेको न्युजिल्याण्डमा संक्रमण कहाँबाट आयो भन्ने पत्ता लगाउन र कन्ट्राक्ट ट्रेसिङका लागि भन्दै लकडाउन घोषणा गरिएको जनाइएकाे छ । न्युजिल्याण्डमा गत फ्रेब्रुअरीमा अन्तिम केस देखिएको थियो । त्यसयता कोरोना संक्रमण देखिएको थिएन ।
त्यहाँ हालसम्म २ हजार ९३६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको वल्र्डोमिटरले जनाएको छ । महामारी शुरु भए यता त्यहाँ २६ जनाले ज्यान गुमाएको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण