नेपालमा ४७ लाख बढीले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप, पूर्ण खोप लगाउने झण्डै ३५ लाख
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ४७ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर ४७ लाख १६ हजार ९३६ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। त्यसैगरी ३४ लाख ९० हजार ६५ जनाले दुबै डोज अर्थात पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोभिशिल्ड, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप लगाइएको छ । खोप अभियान अहिले पनि देशभर जारी रहेको छ । सरकारले असोजसम्म एक तिहाई नागरिलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ भने चैतसम्म सबै नागरिकले कोरोना विरुद्धको खोप पाउने पनि सरकारले प्रतिवद्धता जनाएको छ ।
यही साता जापानले अनुदानमा दिएको १६ लाख मध्येको दोस्रो लट खोप र चीनबाट खरिद गरिएको भेरोसेल खोप आउने मन्त्रालयले जनाएको छ । त्यसो त सरकारले माघ महिनासम्म ५ करोड बढी खोप भित्रिसक्ने जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण