फेरि उकालो लाग्दै कोरोना संक्रमण : २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर कोरोनाका सक्रिय संक्रमित बढ्ने क्रम पुन: एकपटक उकालो लागिरहेको छ । आइतबारसम्म देशका २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, कास्की गोरखा, बाग्लुङ रहेका छन्। यसैगरी नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेतमा पनि कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता १६ जिल्लामा २ बढी सक्रिय संक्रमित रहेका छन्।
एक महिना अघिसम्म केही कम भइसकेको कोरोना संक्रमणदर फेरि एकपटक उकालो लाग्ने क्रम बढेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जनाए । नेपालमा औसतमा कोरोना संक्रमणदर १९ दशमलब ५ प्रतिशत रहेको छ भने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ ।
हाल देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी ७५८ जना कोरोनाका सिकिस्त संक्रमितको आइसीयूमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म नेपालमा १० हजार २९२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्तालयको तथ्यांकमा उल्लेख छ ।
निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगर्दा संक्रमण बढेको विज्ञहरुले बताउँदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित