Health TV Online
Health TV Online
Health TV Online

आज गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितको मृत्यु

आज गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै गत २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । आज देशभर ३३ जनाको मृत्यु भएकोमा १२ जना गण्डकी प्रदेशका रहेका हुन्। योसँगै गण्डकीमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ सय १२ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा ५ जना नवलपरासीका, ४ जना स्याङ्जाका र ३ जना कास्कीका रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमण र मृत्यु हुनेको संख्या गण्डकी प्रदेशमा बढ्दो क्रममा रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार