दक्षिण कोरिया जाने नेपालीलाई यी दुई केन्द्रबाट कोरोना विरुद्धको खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले रोजगार र अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपाली नागरिकलाई पनि कोरोना विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया जाने नेपालीले काठमाडौंका दुई खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जनाएको हो । खोप लगाउनका लागि महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल र छाउनीमा रहेको सैनिक अस्पताल तोकिएको छ। कोरिया जानेले यी दुई अस्पतालमा गएर कोरोना विरुद्धको खोप लगाउन सक्ने छन्।
खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्नेछ । यसरी खोेप लगाउन जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने तथा भौतिक दूरी कायम गरिदन पनि आग्रह गरिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित