‘अस्पतालका बेड संक्रमितले भरिन थालिसके, लापरवाही नगरौं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहिबारसम्म देशभर १० हजार २१२ जनाको मृत्यु भइसकेको छ भने देशभर कुल संक्रमितको संख्या ८ लाख नाघिसकेको छ । यसैगरी सक्रिय संक्रमितको संख्या ३८ हजार नाघेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ४५ लाख बढी पुगेको छ भने २९ लाख बढीले पूर्ण खोप पाएका छन् ।
तर यहीवीच फेरि एकपटक कोरोना संक्रमणको दर बढिरहेको छ र अस्पतालमा संक्रमित भर्ना हुने क्रम पनि बढेको छ । यही विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला भन्छन्- यही रफ्तारमा संक्रमित आउने हो भने केही सातामै बेड नपाउने अवस्था आउनेछ । उनका अनुसार गत तीन साता यता क्रमस कोरोना संक्रमण भएर अस्पताल आउनेको संख्या तीब्र रुपमा बढिरहेको छ । अस्पतालमा अहिले नै बेड पाउन मुश्किल हुन थालिसकेको उनको भनाई छ ।
नेपालमा कोरोना संक्रमण बढ्नुमा सर्वसाधारणले लापरवाहीले गरेर होे भन्ने उनको भनाई छ । उनले भने, ‘बाटोमा हेर्नुस् त मास्क लगाएका कति जना देख्नुहुन्छ ? कतिले सही तरिकाले मास्क लगाएका छन् ? अनि हामी सरकारले मात्र गरेन भन्छौं ।’ उनले कोरोना संक्रमण केही कम हुनासाथ सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेको कारण अहिले फेरि संक्रमण बढेको बताए ।
हामीले किन बिर्सेका छौं कोरोना भाइरस यतै छ हाम्रो सानो गल्तीले पनि यसलाई सक्रिय हुने अवसर मिल्छ भन्ने उनले प्रश्न गरे । टेकु अस्पताल मात्र नभई अन्य अस्पतालमा पनि संक्रमितको संख्या बढेको बताउँछन्। कतिपयले कोरोना विरुद्धको खोप लगाएका छौं भनेर मास्क समेत नलगाई हिंडिरेहका छन् । तर बुझ्नुपर्ने के छ भने दुबै डोज लगाएका व्यक्तिहरु पनि गाह्रो भएर अस्पताल भर्ना भइरहेका छन्। खोपले सम्पूर्ण रुपमा बचाउने हैन् यसले ७० प्रतिशतमा मात्र काम गर्छ भनेर त भनेकै छ नि ! त्यसैले खोप लगाएको छु भनेर ढुक्क हुन सकिने आधार पनि छैन् उनले थपे ।
उनका अनुसार नेपालमा कोरोनाको तेस्रो लहर शुरु भइसकेको छ । यो लहरमा विशेष ध्यान नदिएमा दोस्रो लहरभन्दा बढी क्षति हुनसक्ने उनको भनाई छ । सर्वसाधारण आफै सचेत भएर मास्क अनिवार्य लगाउने, दुई मिटरको भौतिक दूरी कायम गर्ने र हातको सफाई नगरेसम्म यो नियन्त्रणमा आउन सक्दैन्।
कहिलेसम्म सरकारले लकडाउन गरेर घरभित्र कोचेर राख्ने ? आफू पनि त सचेत हुन पर्यो उनले थपे । नेपालीहरुको चाडबाडहरु आइरहेको छ । यो बेला कोरोनाको जोखिम अझ बढी हुन्छ । यो बेला आफू र आफनो परिवारको ख्याल गरौं, भिडभाड गरेर पार्टी नगरौं जमघट त पछि गर्दा पनि हुन्छ । अहिले गरिएको रमाइलोले धेरै जनाको जीवन जोखिममा हुन्छ भन्ने कुराको मात्र हेक्का राखे मात्र पनि धेरै हदसम्म संक्रमण कम हुनसक्छ





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित