भरतपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज साउन २८ र २९ गते
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर महानगरपालिकामा कोरोना विरुद्धको कोभिशिल्ड पहिलो डोज लगाएका व्यक्तिहरुलाई साउन २८ र २९ गते दोस्रो डोज दिइने भएको छ ।
भरतपुर महानगरले आज विज्ञप्ति जारी गर्दै यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई यही साउन २८ र २९ गते दोस्रो डोज दिन लागिएको जनाएको हो । गत फागुन २३ देखि चैत ३ गतेसम्मको अभियानमा पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई जापान र भुटानबाट सहयोग स्वरुप आएको एस्ट्राजेनेका खोप दिन लागिएको हो । यी दुबै खोप एकै प्रकृतिका हुन्।
खोप लगाउन आफूले यसअघि लगाएको खोप कार्ड लिएर बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको खोप केन्द्रमा जान सबैलाई आग्रह गरिएको छ ।
यसैगरी साउन ११ देखि १३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १ देखि ३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने पनि विज्ञप्तिमा जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित