थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५७३ जनाको परीक्षण गर्दा थप ३२ सय १८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । उता गत २४ घण्टामा १७ सय २२ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल ७४६ जना संक्रमितको आइसीयूमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित