नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सक्रिय संक्रमित ३५ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिन यता कोरोनाबाट हुने मृत्यु र संक्रमण दुबै बढेको पाइन्छ ।
यसैगरी आज देशभर थप ३७ सय २९ जना नयाँ संक्रमित थपिएको र १८ सय ८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । यीमध्ये ७३२ जना आइसीयूमा उपचाररत छन् भने १५८ जना भेन्टिलेटरमा रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ भने निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित