Health TV Online
Health TV Online
Health TV Online

थप ३७२९ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

थप ३७२९ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ६७५ नमुना परीक्षण गर्दा ३७ सय २९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ । यसैगरी गत २४ घण्टामा १८ सय २५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

यीमध्ये ७३२ जना आइसीयूमा उपचाररत छन् भने १५८ जना भेन्टिलेटरमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार