देशव्यापी ‘नेपाल मास्क अभियान’ भोलिदेखि सुरु हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले देशव्यापी रुपमा मास्क अभियान सुरु गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण मानिने मास्कको प्रयोग सबैले अनिवार्य लगाउनुपर्ने भन्दै यो अभियान सुरु गर्न लागिएको हो ।
नेपाल मास्क अभियानको पूर्व सन्ध्यामा भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमकावारेमा जानकारी दिइएको हो । साउन २३ देखि २९ गतेसम्म एक साता चलाइने यो अभियानमा मास्क लगाउन प्रेरित गर्ने र यसको महत्वकोवारेमा छलफल हुनेछ । यसको औपचारिक शुरुवात भोलि १ बजे भुर्चुअल रुपमा गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रकी निर्देशक डा राधिका थपलियाले जनाइन्। उनले मास्कको उचित प्रयोगले मात्र पनि कोरोना नियन्त्रणमा धेरै नै सहयोग पुग्ने भन्दै यो अभियान सुरु गरिएको जनाइन्। यो अभियान देशव्यापी रुपमा एक सातासम्म चल्नेछ।
अभियानमा ‘म जिम्मेवार नेपाली हुँ त्यसैले म आफू पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्ररित गर्छु’ भन्ने नारासहित विभिन्न गतिविधीहरु समावेश गरिएको छ । विज्ञहरुले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सफाई नै कोरोनाबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको बताउँदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित