Health TV Online
Health TV Online
Health TV Online

आजबाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

आजबाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई दोस्रो डोज दिने भएको छ ।

काठमडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काका अनुसार काठमाडौंमा सबै वडाका खोप केन्द्रबाट खोप लगाइने भएको छ भने अत्यावश्यक सेवाका कर्मचारीका लागि भने वीर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, प्रसुती गृह,नेपाल मेडिकल कलेज खोप केन्द्र तोकिएको छ ।

धेरै भिडभाड नहोस भनेर यसरी केन्द्रहरु तोकिएको खड्काले जनाएका छन्। असार २९ गतेदेखि सुरु भएको खोप अभियानमा पहिलो डोज लगाएका सबैलाई दोस्रो डोज दिइनेछ ।

यसरी खोप लगाउन आउनेले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड ल्याउनुपर्नेछ भने अनलाइन फाराम भरेर त्यसको दर्ता नम्बर पनि देखाउनुपर्नेछ ।खोप कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म चल्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार