Health TV Online
Health TV Online
Health TV Online

आज परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोरोना संक्रमण 

आज परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोरोना संक्रमण 

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २६ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले पछिल्लो समय देशभर कोरोना संक्रमण दर बढ्दै गएको र आज परीक्षण गरिएकामध्ये २६ दशमलब २ प्रतिशतमा संक्रमण पुष्टि भएको बताए । आज १६ हजार २९८ जनामा परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना पोेजेटिभ रिपोर्ट आएको हो ।

केही जिल्लामा भने संक्रमणदर अति नै उच्च रहेको समेत डा अधिकारीले जनाएका छन्। उनका अनुसार कर्णालीमा कोरोना संक्रमणदर ५७ दशमलब ३ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशमा ४४ प्रतिशत रहेको पाइन्छ । प्रदेश १ मा पनि संक्रमणदर ३२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ९५७ पुगेको छ । हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार