स्वास्थ्य सेवा विभागका महानिर्देशक बिच्छाले गरे पदबहाली
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा आरपी बिच्छाले आज पदबहाली गरेका छन्।
विभाग पुगेर आज दिउँसो उनले पदबहाली गरेका हुन्। सरकारले उनलाई मंगलबार विभागको महानिर्देशक पदमा नियुक्त गरेको हो ।
यसअघि डा दिपेन्द्ररमण सिंह महानिर्देशक थिए । डा सिंहलाई भने स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
मंगलबार नै सरकारले कोभिड युनिफाइड केन्द्रिय अस्पतालका प्रमुख डा जागेश्वर गौतमलाई हटाइ डा भुपेन्द्र बस्नेतलाई प्रमुखमा नियुक्त गरेको थियो । डा बस्नेतले हिजो नै पदबहाली गरिसकेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा