विदेश जाने नेपाली नागरिकलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेश जाने नेपाली नागरिकहरुलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट खोप लगाएको प्रमाणपत्र क्यूआर कोड सहितको दिने जनाएको छ ।
मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले तालिम केन्द्रबाट साउन २० बुधबारबाट विद्युतीय प्रमाणपत्र क्यूआर कोर्डसहितको उपलब्ध गराउने निर्णय गरेको हो।
विज्ञप्तिमा यो सेवालाई अहिले काठमाडौंमा मात्र भए पनि विस्तारै अन्य जिल्लाहरुमा शुरु गरिने उल्लेख छ । खोपको मात्रा पूरा गरेका सबै नागरिकलाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराइने समेत मन्त्रालयले जनाएको छ ।
यसअघि खोप कार्ड प्रमाणीकरण गर्न टेकु अस्पतालमा मात्र भिड लाग्ने गरेको थियो ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा