काठमाडौं उपत्यकामा थप एक साता थपियो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै उपत्यकामा ललितपुर, काठमाडौं र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
साउन २१ देखि लागू हुने अब थप गरिएको निषेधाज्ञा साउन २७ गतेसम्म हुनेछ । अन्य नियमहरु भने यसअघि जस्तै हुनेछन्। भिडभाड हुने स्कूल, कलेज, सिनेमा हल, जिम हल, तालिम केन्द्र सभा जुलुस, महोत्सवलाई निषेध गरिएको छ ।
यसपटक निषेधाज्ञाको अनुगमन कडा गरिने समेत जनाइएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वैशाख १६ देखि निषेधाज्ञा लगाउँदै आएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा