काठमाडौं उपत्यकामा थप एक साता थपियो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै उपत्यकामा ललितपुर, काठमाडौं र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
साउन २१ देखि लागू हुने अब थप गरिएको निषेधाज्ञा साउन २७ गतेसम्म हुनेछ । अन्य नियमहरु भने यसअघि जस्तै हुनेछन्। भिडभाड हुने स्कूल, कलेज, सिनेमा हल, जिम हल, तालिम केन्द्र सभा जुलुस, महोत्सवलाई निषेध गरिएको छ ।
यसपटक निषेधाज्ञाको अनुगमन कडा गरिने समेत जनाइएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वैशाख १६ देखि निषेधाज्ञा लगाउँदै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण