स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छालाई नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
उनी कान्ति बाल अस्पतालका निर्देशक भएर काम गरिरहेका थिए । विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहलाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा बिच्छालाई ल्याइएको हो । डा विच्छाले भोलिदेखि जिम्मेवारी सम्हाल्ने जनाएका छन्।
सरकारले आजै कोभिड युनिफाइड अस्पतालको प्रमुख डा जागेश्वर गौतमको सरुवा गरी उनको ठाउँमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण