देशभर सक्रिय संक्रमितको संख्या ३२ हजारभन्दा बढी
आज थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय कोरोना संक्रमितको संख्या ३२ हजारभन्दा बढी पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३३ सय ८३ संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको हो । यीमध्ये ६८६ जना संक्रमित आइसीयूमा रहेका छन् भने १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ९२२ पुगेको छ । उता आज १९ सय ९४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा