देशभर सक्रिय संक्रमितको संख्या ३२ हजारभन्दा बढी
आज थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय कोरोना संक्रमितको संख्या ३२ हजारभन्दा बढी पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३३ सय ८३ संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको हो । यीमध्ये ६८६ जना संक्रमित आइसीयूमा रहेका छन् भने १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ९२२ पुगेको छ । उता आज १९ सय ९४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण