काठमाडौं प्रशासनले भन्यो-अस्पताल संक्रमितले भरिन थाले, सभा-सम्मेलन जुलुस गर्न बन्द गरौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता काठमाडौंमा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भिडभाड गर्ने कार्य बन्द गर्न अपिल गरेको छ ।
काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम भएकै बेला सभा, जुलुस, गोष्ठी, र्याली जस्ता भिडभाड बढी हुने गतिविधि बढेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गरेर जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेका हुन् ।
काठमाडौंका अस्पतालमा आइसीयू एवम भेन्टिलेटर संक्रमितले भरिन थालेको भन्दै यही क्रम जारी रहे तेस्रो लहर आउनसक्ने भन्दै जनस्वास्थ्य मापदण्ड विपरितका कार्य नगर्न प्रशासनले अपिल गरेको छ ।
काठमाडौंमा पछिल्लो समय कोरोना संक्रमणदर र मृत्युदर दुबै उच्च रुपमा बढिरहेको छ । मानिसहरुले कोरोना संक्रमणको खासै ख्याल गर्न छोडेको देखिन्छ । जसले गर्दा भिडभाड हुने कार्यक्रम, भोज, भतेर सभा सम्मेलन भइरहेका छन्।
विज्ञहरूले यसरी नै वेवास्ता गर्ने हो भने छिट्टै कोरोनाको तेस्रो लहर आउने सक्ने चेतावनी दिंदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित