नेपालमा कोरोना विरुद्धको थप खोप : कहाँबाट कति आउँदैछ ?
चैतसम्म सबै नागरिकलाई खोप दिने सरकारको लक्ष्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज कोरोना विरुद्धको खोप आइसकेको छ भने चाँडै ठूलो मात्रामा खोप आउने कुरा बताइएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चैत महिनासम्म सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दावी गरेका छन्। यसका लागि उनले ५ करोड भन्दा बढी डोज खोप चैतसम्म नेपाल भित्रि सक्ने पनि जनाएका छन्।
यो खोप कहाँबाट कसरी आउँदैछ भन्ने विषयमा धेरैको चासो रहेको छ । मन्त्री श्रेष्ठका अनुसार असोजसम्म जापान सरकारले अनुदानमा दिने भनेको १६ लाख एष्ट्राजेनिका खोप, चीनले दिने भनेको १६ लाख भेरोसेल खोप आउने छ । यसैगरी चीन सरकारसँग खरिद गरिएको थप ६० लाख भेरोसेल खोप र भारतले दिन बाँकी १० लाख डोज कोभिशिल्ड खोप पनि आउने मन्त्री श्रेष्ठले जनाएका छन्।
उनका अनुसार असोजसम्म सबै गरेर १ करोड २ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुग्नेछ ।
उता माघ महिनासम्म मोर्डनाको ४० लाख खोप कोभ्याक्स सुविधा अन्तर्गत आउनेछ भने १ करोड १० लाख थप डोज कोभ्याक्स अन्तर्गत आउने बताइएको छ । यसैगरी ६० लाख फाइजरको खोप पनि आइपुग्ने छ जुन १२ देखि १८ वर्षका बालबालिकालाई लगाउन सकिन्छ । उता कोभ्याक्सबाट थप १ करोड १३ लाख खोप आउने बताइएको छ ।
यी सबै खोप समयमै आयो भने सबै नागरिकले चैतसम्म खोप लगाउन पाउने बताइएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा