थप ३१२५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३१ हजारभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजाार ८११ जनाको नमुना परीक्षण गर्दा ३१ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।यीमध्ये ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब १ प्रतिशत रहेको छ । उता गत २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३१ हजार ६२९ सक्रिय संक्रमित रहेका छन। जसमध्ये ६९० संक्रमित आइसीयूमा रहेका छन् भने १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा