स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा डा विवेकलाल कर्ण नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त भएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा कर्णलाई सो पदमा नियुक्त गरेको हो। मंत्रालयको समन्वय शाखा साढे दुई महिनादेखि रिक्त रहेको थियो । यसभन्दा अघि डा जागेश्वर गौतम समन्वय महाशाखामा प्रमुख थिए । उनी युनिफाइड कोभिड अस्पतालका प्रमुख भएर गएपछि उक्त पद रिक्त रहेको थियो ।
डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा कार्यरत थिए । उनको ठाउँमा रिता जोशीलाई पठाइएको छ ।
यसैगरी कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा जागेश्वरको ठाउँमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिइएको छ । डा जागेश्वरलाई प्रसुती अस्पतालमा सरुवा गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण