स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा डा विवेकलाल कर्ण नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त भएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा कर्णलाई सो पदमा नियुक्त गरेको हो। मंत्रालयको समन्वय शाखा साढे दुई महिनादेखि रिक्त रहेको थियो । यसभन्दा अघि डा जागेश्वर गौतम समन्वय महाशाखामा प्रमुख थिए । उनी युनिफाइड कोभिड अस्पतालका प्रमुख भएर गएपछि उक्त पद रिक्त रहेको थियो ।
डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा कार्यरत थिए । उनको ठाउँमा रिता जोशीलाई पठाइएको छ ।
यसैगरी कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा जागेश्वरको ठाउँमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिइएको छ । डा जागेश्वरलाई प्रसुती अस्पतालमा सरुवा गरिएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा