चैतसम्म सबै नागरिकले खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत महिनासम्म सम्पूर्ण नेपाली नागरिकलाई खोप दिइने जनाएका छन्।
स्वास्थ्य राज्यमन्त्री भएर आएपछि मन्त्रालयमा पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले असोजसम्म एक तिहाई नागरिकलाई खोप दिइने र चैतसम्म सम्पूर्ण नागरिकलाई कोरोना खोप दिइसकिने जनाएका हुन्। उनले त्यसका लागि खोप खरिद प्रक्रिया अघि बढिसकेको जनाए ।
उनले पुस माघसम्म ३ कराेड २३ लाख र चैतसम्म कुल ५ करोड २३ लाख डोज खोप नेपाल भित्रिसक्ने समेत जिकीर गरे । पत्रकार सम्मेलनका क्रममा उनले मोर्डना, फाइजर लगायतका कम्पनीसँग पनि खरिद प्रक्रिया अघि बढिसकेको जनाए । कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले आफनो सय दिने योजना अघि सारेका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित