खोप लगाएको प्रमाण पत्रका लागि शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न शुल्क तिर्न नपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क रहेको भन्दै कसैबाट पनि शुल्क नलिन अस्पताललाई निर्देशन दिएको हो । अस्पतालले खोप प्रमाणीकरणका लागि शुल्क लिएको भन्ने गुनासो आएपछि मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो । वैदेशिक रोजगारी तथा अन्य कामका लागि विदेश जानेका लागि खोप कार्ड अनिवार्य भएपछि सरकारले खोप लगाएको प्रमाणपत्र दिंदै आएको छ ।
खोप लगाएको प्रमाणीकरणका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पताल ताकेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा