स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ ।
मन्त्रालयका प्रशासन तर्फका सचिव अर्यालकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।
स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका बाह्रौ तहका डा रोशन पोखरेल सचिवमा बढुवा भएपछि मन्त्रालयमा दुई सचिव भएका थिए । दुई सचिव हुँदा कामको बाँडफाँडमा समस्या आउन थालेपछि सरकारले अर्यालको सरुवा गरेको बताइएको छ ।
अर्याल २०७७ जेठ १८ गते स्वास्थ्य मन्त्रालयको सचिव भएर आएका थिए ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा