नेपाल बर्न सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा लोहनी र उपाध्यक्षमा डा चौधरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार नेपाल बर्न सोसाईटी (नेपाल अग्नि जलन समाज ) को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाइटीको आज बसेको सभाबाट नौं सदस्यीय कार्यसमिति समेत चयन भएको छ ।
नयाँ कार्यसमितिमा अध्यक्षमा प्राडा ईश्वर लोहनी, उपाध्यक्षमा प्राडा आरपी चौधरी, सचिवमा डा विजय थापा चयन भएका छन्। यसैगरी सहसचिवमा डा सन्देश प्रकाश मास्के, कोषाध्यक्षमा रमाना राजकर्णिकार र सह कोषाध्यक्षमा डा सन्जीव त्रिपाठी चयन भएका छन् । उता सदस्यहरुमा डा शान्ता सापकोटा, गौरी कार्की र रोशन डंगोल चयन भएका छन्।
नव निर्वाचित उपाध्यक्ष प्राडा आरपी चौधरीले बर्नका बिरामीको उपचारमा सहज होस भन्नका लागि अन्य रोगको अस्पताल जस्तै बर्नका बिरामीका लागि मात्र छुट्टै अस्पताल हुनुपर्ने जनाए । उनले एकिन तथ्यांक नभए पनि नेपालमा वार्षिक ५० हजार भन्दा बढी बर्न अर्थात पोलेका बिरामी उपचारमा आउने भए पनि उनीहरुको लागि छुट्टै अस्पताल नहुँदा समस्या हुने गरेको बताए । यसैगरी डा चौधरीले बर्नबाट हुने क्षति न्यूनीकरणका लागि जनतेचना र उपचारका सेवालाई विस्तार गर्नुपर्ने विषयमा नयाँ कार्यसमितिले काम गर्ने जानकारी दिए ।
नेपाल बर्न सोसाइटी पोलेका बिरामीको उपचार सहज बनाउन तथा यस विषयमा जनचेतनाफैलाउन २६ वर्ष अघि स्थापना भएको नाफारहित संस्था हो । जसले सरकारसँग मिलेर विभिन्न जिल्लामा गएर जनचेतनामूलक कार्यक्रम एवम तालिमहरु गर्दै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण