एआइएनद्वारा फ्रन्टलाइनमा खटिने स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : एआइएन (एसोसिएशन अफ इन्टरनेशनल एन्जीओज इन नेपाल) ले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
शुक्रबार एआइएनका अध्यक्ष डा सुशील कोइरालाले स्वास्थ्य पत्रकारहरुको छाता संगठन स्वास्थ्य पत्रकार मञ्चलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै डा कोइरालाले कोभिड महामारीका बेला पनि जोखिम मोलेर रिपार्टिङमा फिल्डमा निस्कनुपर्ने स्वास्थ्य पत्रकारका लागि केही भए पनि सुरक्षित रहन सहयोग पुगोस भने यी स्वास्थ्य सामग्री प्रदान गरिएको जनाए ।
यसरी सहयोग गरिएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, सेनिटाइजर, फेस सिल्ड, अक्सिमिटर, डिजिटल थर्मेमिटर, साबुन लगायतका सामग्री रहेका छन्। उक्त सामग्री साढे ३ लाख बराबरको भएको डा कोइरालाले बताए ।
पत्रकारका लागि दिइएको स्वास्थ्य सामग्री एआइएनको समन्वयमा आइपास, डामियन फाउन्डेसन, आड्रा नेपाल, वाटर एड, एफएचआई लगायतका ६ वटा संस्थाहरुले उपलब्ध गराएका हुन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण