काठमाडौंमा बिहिबार ३० हजार ७०८ जनाले लगाए भेरोसेलको पहिलो मात्रा खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमडौंमा साउन १४ गते ३० हजार ७०८ जनाले कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा लिएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६६ वटा खोप केन्द्रहरुबाट उनीहरुले यो खोप लगाएका हुन्। सरकारले साउन १४ देखि १८गतेसम्म ५० वर्ष माथिका उमेर समूह, विदेश जाने नेपाली नागरिक, शिक्षक, प्राध्यापक, अत्यावश्यक सेवाका कर्मचारीलाइ भेरोसेलको पहिलो मात्रा खोप दिने भएको हो ।
महानगरका ३२ वटै वडामा ५० वर्ष माथिका उमेर सूमहलाई खोप लगाउन व्यवस्था मिलाइएको छ । उता विदेश जानेका लागि प्रहरी अस्पताल र सैनिक अस्पताल तोकिएको छ ।
अत्यावश्यक सेवाका कर्मचारीका लागि वीर, त्रिवि शिक्षण अस्पताल, सिभिल र टेकु अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित