शनिबार ३११४ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ३१ सय १४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनामा परीक्षण गर्दा ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।
हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २५ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने २६ सय ७१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार शनिबार ६५० जनाको आइसीयूमा र १६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा