थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ३०८ जनाको परीक्षण गर्दा २९ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ६७९ पुगेको छ । उता आज मात्रै १६ सय ७८ जना संक्रमित निको भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५ दशमलब ५ प्रतिशत रहेको छ । हाल देशभर २७ हजार ६६१ जना सक्रिय संक्रमित रहेका छन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा