चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीन सरकारसँग खरिद गरिएकोमध्ये ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ बजे अपरान्ह ८ लाख डोज खोप आइपुगेको हो । योसँगै खरिद गरिएको ४० लाखमध्ये १६ लाख डोज आयपुगेको छ । बाँकी खो पनि केही दिनमै आइपुग्ने बताइएको छ ।
सरकारले चीनसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजर सम्झौता गरेको थियो । सोही सम्झौता अन्तर्गत पहिलो खेपमा ८ लाख र आज ८ लाख गरी १६ लाख ल्याइएको हो ।
त्यसो त चीनले दुईपटक गरी १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो भने थप १६ लाख खोप दिने घोषणा समेत गरेको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?