Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा १२ हजार ८२९ परीक्षण, २७१४ जनामा कोरोना पुष्टि

२४ घण्टामा १२ हजार ८२९ परीक्षण, २७१४ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको कोरोना परीक्षण गरिएकोमा २७ सय १४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको परीक्षणबाट कुल ७ लाख २७ हजार १६९ जनामा कोरोना पुष्टि भएको छ ।

यीमध्ये ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार आज देशभर थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार