देशभर थप ३ हजार १०८ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनामा परीक्षण गर्दा थप ३ हजार १०८ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर पीसीआर विधिबाट गरिएको परीक्षणमा ६लाख ७० हजार ९५३ पुगेको छ । यसैगरी गत २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल