Health TV Online
Health TV Online
Health TV Online

आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : आजदेखि कोरोना विरुद्धको एक मात्र डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ ।

अमेरिकाले सहयोग स्वरुप दिएको जोन्सन एण्ड जोन्सन खोप काठमाडौंमा आजदेखि लगाउन थालिएको हो । अमेरिका सरकारले गत साता कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख ३४ हजार ८५० डोज खोप दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोपका लागि तोकिएका खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म गएर लगाउन सकिने जनाएको छ । त्यसका लागि काठमाडौंमा ४४ खोप केन्द्र तोकिएको छ ।

जोन्सनको खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका पर्ने सबै नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु साथै यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको छ ।

उक्त खोप एक डोज मात्र लगाए पुग्नेछ । खोप अभियान आजदेखि ६ गतेसम्म जारी रहने मन्त्रालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार