भारतले नेपाललाई दियो १५० बेड आइसीयू
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारत सरकारले नेपाललाई कोरोना विरुद्ध लड्न सहयाेग हुने भन्दै १५० वटा आइसीयू बेड सहयोग गरेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमवीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई उक्त आइसीयू बेड हस्तान्तरण गरेका हुन् । मन्त्री कार्कीले कोरोना महामारीमा संक्रमितको उपचारका लागि आवश्यक पर्ने आइसीयू बेड सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिएका थिए ।
उता भारतीय राजदूत क्वात्राले भारत र नेपालबीचको पुरानो मित्रवत सम्न्धब रहेको भन्दै नेपाली जनतालाई कोभिड १९ को संकटबाट जोगाउन भारतले सक्दो सहयोग गर्ने र त्यसकै परिणाम स्वरुप आज आइसीयू बेड सहयोग गरेको जनाएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण