Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

थप २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७६८ जनाको कोरोना परीक्षण गरेकोमा २६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पीसीआर विधिबाट कोरोना पुष्टि हुनेको कुल संख्या ६ लाख ६२ हजार ५७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ पुगेको छ । यीमध्ये ६ लाख २६ हजार ४६८ जना भने संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ । हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार