जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अमेरिकाबाट आज मात्र कोभ्याक्स सुविधा अन्तर्गत आएको जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइने भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहका अनुसार अमेरिकाबाट प्राप्त खोप यसभन्दा अघि कोरोना विरुद्धको खोप लगाउन बाँकी ५० देखि ५४ वर्षका सबै नागरिकलाई दिइने भएको हो । यसैगरी पूर्ण र अति अशक्त अपांगता भएका नागरिकलाई पनि यो खोप दिइनेछ ।
विभागका अनुसार स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीले जसले यसभन्दा अघिको अभियानमा खोप लगाउन छुटाएका छन् उनीहरुलाई पनि दिइनेछ ।नेपालमा बसोबास गरिरहेका शरणार्थीहरुले पनि यो खोप पाउने छन्।
अमेरिकाबाट आज १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित