Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या २६ लाख, दुबै डोज पाउने १० लाख पुगे

नेपालमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या २६ लाख, दुबै डोज पाउने १० लाख पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पहिलोे डोज लिनेको संख्या २६ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोसम्म कोरोना विरुद्धको पहिलो डोज खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८०७ पुगेको छ । यसैगरी दुबै डोज लिनेको संख्या १० लाख ४१ हजार ३६६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा गत माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप दिन शुरु गरिएको हो । त्यसयता विभिन्न चरणमा खोप अभियान चलाइएको छ ।

हालसम्म चीन र भारतले सहयोग स्वरुप दिएको र खरिद गरिएको कोभिशिल्ड र भेरोसेल खोप नागरिकलाई लगाइएको छ । मन्त्रालयका अनुसार आज मात्रै नेपालमा अमेरिकाबाट १५ लाख डोज जोनसोन एण्ड जोनसोन को खोप आउने भएको छ । यो खोप आएपछि नेपालमा तीन प्रकारका खोपको प्रयोग हुने भएको छ । सरकारले चीन सरकारसँग नन डिस्क्लोजर सम्झौता गरेर ४० लाख डोज खरिद गरेको छ । जस अनुसार पहिलो खेपमा ८ लाख डोज आइसकेको छ भने अरु भने आउने क्रममा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी डिसेम्बरसम्ममा सबै लक्षित समूहलाई कोरोना विरुद्धको खोप दिइने बताउँदै आएका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार