आज काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार २१८ परीक्षण गरिएकोमा १८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३९१ जना उपत्यकाका रहेका छन्। यसरी संक्रमण पुष्टि हुनेहरुमा भक्तपुरका ३१ जना, ललितपुरका ९७ जना र काठमाडौंका २६३ जना रहेका छन्।
गत २४ घण्टामा देशभर २० जना कोरोना संक्रमतिको मृत्यु भएको छ । हाल काठमाडौं उपत्यकामा ५ हजार ३१९ जना, भक्तपुरमा ९७८ जना र ललितपुरमा १३ सय ३० जना सक्रिय संक्रमित रहेका छन्।
देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेकोमा २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोेलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण