पछिल्लो २४ घण्टामा थपिए २६३४ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५८५ जनाको परीक्षण गरिएकोमा २६ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर पीसीआर विधीबाट गरिएको परीक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । यसैगरी गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित