देशभर थप २६२२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ५२७ जनाको परीक्षण गर्दा २६ सय २२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको छ ।
आज २२ सय ११ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित